यो ब्लग नित्तन्त साहित्यम आधारित छ ।

जीवन काँडा कि फूल

on Friday, October 28, 2011


जीवनको भोगाई र अनुभवले गर्भधारण गरी पैदा गरीएको झमकको एक शसक्त र उत्कृष्ठ लेखनशैलीले भरी पुर्ण दशौ(म गलत छुइन भने)सन्तान हो जीवन काँडा कि फूल। आफै कल्पना गरौ जव हामीमा चेतना हुन्छ त्यो बेला आफ्ना सामुन्यका मानीसहरुले विना गल्ति आफु माथी हरेक पटक बचन बाण हान्छन तव केही काम गर्न खोज्दा हामी सँग काम गर्ने हातहरु हुन्नन जब हिड्न खोज्छौ तर हिड्ने खुट्टा हुन्नन केही भावना ब्यक्त गर्न खोज्छौ तर त्यो ब्यक्त गर्ने माध्ययम बोली पनि नभइ तड्पिनु पर्दाको दर्दनाक पिडा कस्तो होला? हो यहि पिडा र भोगाइको पोखाइ हो यो निबन्ध ।

जम्मा ४७ वटा छोटा छोटा निबन्धको सँगालो भित्र जीवनको आरम्भ र म,हजुरआमा र लिङ्ग भेद, अवसानपछिको अभ्यास,शुन्यताभित्र जीवन, आशाको त्यो त्यान्द्रो सम्म, आशाका किरणहरु, अक्षरसँग पलाएको हर्ष, शब्दको उत्सव, धामी झाक्री र डाक्टरहरु, समाजले बुझेको सौन्दर्य भित्र म ,टालेका पाइजामा र लाज, कापी कलम पाएको त्यो पल, भूत प्रेत भगवान र विश्वास, विभेदको युद्दमा म एउटा बोझ, जातीय बिभेदहरु विच म, किशोरावस्थाका चेतना र उत्सुकता, नाम सँग बिद्रोह,ऋतुधर्म र बैस, सम्भावनाहरुको खोजी, पुस्तक सँसारमा प्रबेश, सिर्जनाका कोपिला, फराकिलो बाटाको यात्रा, अक्षरहरुमा जीवनको रङ, पत्रहरुमा मन पोखिदा, विस्तृत जगत्तिरका पाइला, ज्ञानको भोक र काठमाण्डौ बस्ने प्रस्ताव, पढ्न उमेरले छेक्तैन, समाजको दृष्टीमा अपाङगता, स्वाभिमान र श्रम, धार्मिक आस्था भित्र मान्छे र देउताहरु, स्वतन्त्रता भोग्ने रहर, कलम र मृत्युको सन्त्रास, रगताम्य समयसँग स्तब्ध मन, सङ्कटकाल र सन्त्रास्त समय, अध्यारो बाट मुक्तिको स्वर, कान्तिपुर पब्लिकेशन छिरेँ, रङ्ग कुची र क्यानभास, मान्छेको दिमागमा बसेको काती, बन्दुक सँग शब्दको परेड, धनकुटा जल्यो, आस्था आँसुसँग बर्सियो, अफ्ठ्यारोमा जीवन र सुनगाभाको मुस्कान, धुम्म आकाश उघ्रिएपछि मान्छेहरु,द्वन्दका घाउहरु छामेको अनुभूति, जीवनका आभाहरु ,सहमतिका हातहरु, जीवन काँडा कि फूल शिर्षकहरु समेटिएका छन ।

यो काँडामय जीवन अरुको नभै आफ्नै यी करिव उनन्तीस बसन्तको यात्रा पार गर्दाका यात्रा सँस्मरण हुन् । निवन्ध भित्र एक साँपे बालकबाट के कति जीवनका आरोह अवरोहहरु पार गरेर एक सफल साहित्यकार झमक घिमिरे सम्म आइपुगिन भन्ने कुराको बृतान्त कोरीएका छन् । अझ समाजमा अपाङ्गहरुको स्थान, अपाङ्ग हुनुको पीडा कथित सपाङ्ग भनिने मानिसहरुले दिइने चरम यातनाको रापबाट निश्किएको ज्वाला हो जीवन काँडा कि फ‍ूल ।

पुस्तक यति गहन छ त्यो त पढि सके पछि मात्र थाहा हुन्छ । मानिस भित्रको पीडाको छटपटी ओकल्न नपाउदा कस्तो हुन्छ ? एक चेतनशिल मानिले अर्को चेतनशिल मानिसलाइ दवाइरहदा दविएको ब्यक्तिको भावनामा कति ठुलो चोट पर्छ भन्ने कुरा यसबाट सिक्न सकिन्छ । अभावको पीडालाई टार्नको निमित्त आफ्नो शरिर लिलाम बिक्रि गर्ने र जीवन सँग हार खाएर आत्महत्या गर्ने कायरहरुको लागी पनि एउटा गतिलो झापड हो भन्दा अत्युक्ति नहोला ।

गरिवीको भुमरी भित्र पिल्सिनु पर्दाको पिडा अझ चेतनमन भित्र भौतिक शरिरको अशक्तपनालाई आफ्नै जीवनको भोगाइ झै गहिराइमा पढ्न सकिन्छ यहा । " बहिनीका छेउमा गएर उसले पल्टाइरहेका कितावका पानाहरु यसो हेर्थे। त्यहा भएका अक्षर शब्द वाक्य पढ्न र लेख्न म पनि जान्दथेँ। मलाइ उसलाइ जस्तो कापी कलम किताव कस्ले दिओस र । मेरो लागी त कापी कलम किताव भन्नु नै खुल्ला धरती र त्याहा भएका ढुगाँ माटो सिन्का र स्वयम आफ्नै मसिना खुट्टाका ओला थिए पृ७१ ।" जो कोही पुस्तकको गहिराइमा डुवुल्कि मार्दा दुख र पीडाको तलाउमा राम्रै सँग पौडी खेल्न सकिन्छ । पढ्दै जादा उनको जीवनमा आफुलाई नै पाउदा खेरी मुटु भक्कानिएर पीडाका छालहरु साउने भेल झै आशुका धाराहरु त कति बग्छन कति? " हाम्रो धार्मिक सँस्कारले अघिल्लो जन्ममा पाप गरेपछि पछिल्लो जन्ममा लाटा लठेव्रा अङ्गभङ्ग भएर या आइमाइको रुपमा जन्मिन्छन भन्ने कुरो हाम्रा दिमागमा कोचिएको छ । म त्यही अघिल्लो जन्मकी महापापी मान्छे जसले पाप कर्महरु गरेकाले पछिल्लो जन्ममा आफ्न धेरै अङग निष्कृय मात्र होइन आइमाइको रुपमा जन्मिएकी भन्ने सबैलाइ विश्वास थियो । त्यसैले गाउका दोजीया आइमाइहरु मलाइ देख्न चाहदैन थिए । वा कतै देखे भने उनीहरुका गर्भका शिशुहरु पनि म जस्तै अशक्त जन्मिन्छन भन्ने अन्धविश्वास या सन्त्रासले उनीहरु टाढैबाट हिड्थे। नानी जन्मिए पछि पनि मेरो छेउ मोच लाग्छ भनेर आउदैनथे । मेरी आमालाइ पनि उनीहरुका नानीहरु छुन दिदैनथे रे । पिढी छेउछाउ बस्न दिइदैनथे रे । कति पछाडी छ नेपालीहरुको चेतनाको स्तर? अहिले सम्झिदा ती सबै घटना परिघटनाहरु अहिल्यै घटे जस्तो लाग्छ र मनमा त्यसै त्यसै निचोरिएर आउछ पृ ७३।"
अझ आफु सपाङ्ग भएर पनि समाजलाई बुझ्न नसक्नुको पिडा, आफु साक्षर तथा समाजको शिक्षित ब्यक्ति कहलिएर पनि समाजको कुरिती कुनियतीलाई चिन्न नसक्नुको पिडा अझ आफु सकुशल सग्ल शरिरको धनि भएर पनि केही गर्न नसक्ने लाछीपनाको पिडातथा आत्मग्लानीले चौपट्टै पिरोल्दछ । यसअर्थमा यस पुस्तकका हरफहरुले हामी जस्ता देखिनमा सग्ल शरिर मानिसमा हुन पर्ने प्राय सबैगुणले सम्पन्न भएर समाजमा शिक्षित शव्दको बिल्ला भिरेर बसेका ढोँगी मपाइहरुलाई पनि गतिलो चड्कन दिएको छ ।

आजको एक्काइसौ सताव्दीमा आमाको गर्भबाट भुइमा झरी नसक्दा देखी भौतिक सुख सुविधामा बालबच्चाहरु हुर्किन थालेको समाजमा एउटा मुर्ती जो सबैको सरापको केन्द्रबिन्दु बनेको हुन्छ उसले सबै सबै देखेभोगेका ब्यवहारबाट सिकेर ज्ञानको भण्डार भरि पूर्ण पार्न सफल कथा जोडीएको छ यहा। ज्ञान तथा सिकाइ भन्ने कुरा हरेक पल हाम्रै आखा अगाडी हुन्छन भन्ने कुरालाई स्पस्ट सँग बुझ्न सकिन्छ यस पङ्क्तिहरुबाट "जब घाम डाँडा माथी आउथ्यो त्यो के होला भनेर हेरीरहन्थे। मानिसहरु त्यसतर्फहेरेर उ हेर घाम डाँडा माथी आइसक्यो भन्थे तब म त्यो त घाम रहेछ भन्थे अनि भुइमा लेख्थे घाम। आँगनको डिलमा पहेँला नीला सेता राता बिभिन्न बोटबिरुवाका फुलहरु फुल्थे म त्यो देखेर एकदम रमाउथे तर तिनका रङ छुट्याउन सक्दिनथेँ मान्छेहरु भन्थे यो टाँकीको रुखमा कति राम्रो सेतै फुल फुलेछ। बल्ल म यो रङ सेतो रहेछ भनेर चिन्थेँ ।
मलाइ जव आमाले नुहाइदिन्थिन तव म पानीको अनुभव गर्थे, मलाइ प्यास लाग्दा बहिनीले पानी पिलाइ दिदा तिर्खा मेटिएर आनन्दको अनुभव गर्थे । अनि मान्छेहरु भन्ने गर्थे कति तातो घाम लागेको उफ कस्तो गर्मी? अनि म मनमनै विचार गर्थे ए यो पो रहेछ तातो भनेको । अनि भुइमा कोर्थे तातो ।"

पुस्तक पढ्दै जादा केही अँशमा पङ्तिकारको अहँमपना पनि देखिन्छन् । उनको यो आदम्य साहस र आफू माथि कै विश्वासले गर्दा आजको यो चुली उनले चुम्न पाएकि छन। हजार मनले उनको दिर्घायुको सट्टा यो यस्तो कष्ट सहेर बस्नु भन्दा मरेकै जाती भनेर उनकै अगाडी मरणको कामना गर्दा पनि मर्न नसकी हिम्मतले बाचेर आइन । हुनत एउटा यस्तो अन्धविश्वासले ग्रस्त समाजमा लाखौ पटक हरेक हण्डर तथा ठक्कर खाएर आफूलाइ समाजमा राष्ट्रमा चिनाउन त्यति सजिलो छैन । तर यहा सम्म ल्याउनमा अन्य सहयोगीहात साथै उनकै आमाको त्यो न्यनोकाख पनि महत्वपुर्ण छ । यस पुस्तकमा धेरै जस्तो बाबा र आमाको बारेमा साथै भगवानको बारेमा अलि बढी नै नकारात्मक भावना उत्पन्न भएको हो की जस्तो देखिन्छ । भन्न त जन्म दिनु मात्र ठुलो कुरो होइन पनि भन्छन तर पनि यदि उनकी आमाले १० महिना सम्म कोखमा राखेर साथै समाजको नानाथरी बचन खाएर उनलाइ यो धर्तीमा पाइला नटेकाएकी भए ------- । जे होस दुख कष्ट भोग्नेलाइ मात्र थाहा हुन्छ देख्नेलाइ भन्दा ।

उनको लेखाइमा रहेका हरेक शव्द शव्दले हामी आफैलाइ कोपरीरहेको भान हुन्छ केही गरौ गर्न सक्छौ भन्ने उत्प्रेरणा दिइ रहेको हुन्छ । मैले यो भन्दा अगाडी यस्तै आत्मजिवनी जगदीश घिमिरेज्युको अन्तरमनको यात्रा पढेकी थिए । मलाइ लागेको थियो यतिको पुस्तक कसैले लेखेका छैनन र कसैले लेख्न पनि सक्ने छैनन तर म पनि यसै समाजबाट हुर्किएकी एक कथित साक्षात्कार युवा न परे । तर जब यो पुस्तक पढि सके थाहा पाए यस्ता अन्तरमनमा यात्रा गर्ने जगदिशहरु अरु पनि रहेछन् अझ उनको भन्दा पनि दर्दनाक पिडा बोकेर हिडिरहेका यात्रीहरु त्यसैले त भन्न मन लाग्यो धन्य सृष्टिकर्ता तिमीले एक यस्तो नारी धरतीमा पठायौ जसले आफु देख्नमा अपाङ्ग भएर पनि कथित सपाङ्गहरुको लागी एक पथप्रदर्शक बनेर समाजमा उभिन सफल छिन् । नारी मात्र भएर हैन एक समाजसुधारक मानव जातीकी प्रतिक भएर उभिन सफल छिन । झमक तिम्रो कलम र विवेकलाइ लाखलाख सलाम ।

उनकै पुस्तकको एक कविताँश शव्द सुमनको रुपमा

तिमी सधै सधै सुनगाभा भएर भिरको कापमा फुली रह
जसको सुन्दरतालाइ सबै सबैले मन पराओस
तर टिपेर कसैले पनि अनायास च्यातेर नमिल्काओस

तिमी युग युग यो धरतीकै आँगनमा बाची रह
आउने उज्यालाका आभाहरु पछ्याउदै पछ्याउदै
अभिसप्त पलहरुलाइ थाङ्नामा मिल्काउदै
यौटा जीन्दगी खोज
जुन यस्तो जीन्दगी होस
त्यहा पिडाको प पनि उच्चारण गर्न नपरोस

तिमी ध्रुवतारा झै सधै सधै चम्की रह
यसरी नै चम्किलो प्रकाशमय ज्योतिमय
मन्द शितलता प्रदान गर्ने जुन जस्तै
तर अन्धकार बनाउने ग्रहणको सामना गर्न नपरोस

अन्तमा भन्नै पर्ने एक शव्द समय भए पनि नभए पनि जीवन दर्शनकै लागी भए पनि यो पढ्नै पर्ने पुस्तक हो । यसलाइ प्रकाशन गर्न सहयोग गर्ने सहयोगीहातहरु पनि धन्यवादका पात्र बनेका छन् । जय होस झमकको, जयहोस सारा नेपालीको, जयहोस नेपाली साहित्यिक आकाशको ।
Read more...

Read more...

म छोरी

on Saturday, October 22, 2011


म छोरी, म आइमाई जात, म नारी । आज म तृप्ती अनुभव गरिरहेको छु । मलाई लाग्छ आज मेरो जित भएको छ, आज म आनन्दले भरिपुर्ण छु । उ हेर, मेरी आमा चिच्याई चिच्याई रोइरहेकी छिन्, उता बुवा पनि त्यस्तै । साना साना भाइबहिनी चाँहि बुझ्दैनन्, यस्तो ठूलो कुरा । सायद तपाई को अनुमान मिल्न सक्छ… हो म अब यस संसार मा छैन, म मरिसेकेकी छु, हो म मरिसकेकी छु । हो, मैले आफूले आफैँलाई मृत्यु दिएकी छु र म यो गर्व को साथ बताउँदैछु । हो, मैले आत्महत्या गरेँ । अनि यही आत्महत्या को विषयमा धेरै प्रश्न उठिरहेकाछन्, मान्छेहरु कानेखुशी गर्दैछन् । त्यो छिमेकी आइमाई, उ हेर्नुस् खासखुस गर्दैछिन् । मेरो चरित्र मा दाग लगाउँदैछन्, म मा नभएको खोट र दाग पनि देखाउन खोज्दैछन् उनीहरु ।।

समाजमा केटा ले आत्महत्या गर्‍यो भने, “टेन्सन” ले, या अरु कुनै वाहाना… अनि किशोरी केटी ले आत्महत्या गरी भने, ‘गर्भवति भएको’, कि ‘प्रेम मा धोका पाएको’ वा सिधै ‘चरित्रहिन’ भएको आरोप ।

मलाई पनि यस्तो लान्छना लाग्नु स्वभाविक हो । तर भित्री कुरा त कसलाई थाहा हुन्छ हैन र ? के हामी अरु को मन पढ्न सक्छौँ र ? धेरै के भन्नु तर मैले आफूलाई चाँहि मृत्यु दिँए । कम्ति गाह्रो भएन, यो निर्णय लिन मलाई । “People fight for freedom and people die for freedom”, यो वाक्य ले मलाई निकै छोएको थियो, आखिर स्वतन्त्रताको कुरा न उठ्यो (?)

आज शरीर बाट पनि, स्वतन्त्र भएको अनुभव गर्दैछु, उ हेर्नुस् मेरो शरीर माथि फूल चढाइदिँदैछन्… आमा त रुँदा, रुँदा मुर्छित हुन भएछ । विचरा मेरा साना भाइ बहिनी… उनीहरु को चाँहि माया लागिरहेको छ । बुवा पनि रोइरहनु भएको छ, हेर त हाम्रो घरमा कति भिड बढेको मान्छे को । स्थिति कस्तो खराब बनेको छ… उफ ! कस्तो नराम्रो परिस्थिति…

रोएको त म पनि थिँए, कसैले मेरो आशुँ पटक्कै देखेनन् । जब आँशु सकिन थाले, तब बोल्न पनि छाँडे, पागल जस्तै भौँतारिन पनि थालेँ । आत्महत्या रहर र बाध्यता दुवै बन्न पुगे । आज बल्ल मैले शान्ति पाएको छु, असिम आनन्द को अनुभुति भएको छ । आखिर म एउटा निर्णय गर्न त स्वतन्त्र भएँ…

याद आयो, Suicide Note त भुसुक्कै बिर्सेको । अब अरुले के भन्लान् भनेर यो नि लेखेको छु, अनि आफू चरित्रहिन नभएको कुरा बुझाउन खोजेको छु । तपाई यो पत्याउनुहुन्न भने पनि केही छैन तर सबैले गर्ने रित ‘फलो’ गरेकी छु… आखिर स्वन्त्रतालाई सावित गर्नै पर्‍यो । अलिकति बढि इमोशनल छ जस्तो लाग्यो तर पनि लेखेँ… अलिकति रोएँ पनि अनि अलिकति हाँसे पनि…

श्वास फेर्दैछु र फाल्दैछु,
अभिशापित जिवन अनयास बाँच्दैछु
मुल्य छैन यो जिवनको भनि, म किन जिउँदैछु
व्यर्थ जिवन जिउन संघर्ष किन गर्दैछु ।

भावनाहरु आउँथे होलान्
तर निशब्द म टोलाइरहेकी छु
बाँच्न मन छैन भनि म भन्दैछु
मृत्यु देखेर किन काँप्दैछु ।।

मृत्यु भयानक छ पक्कै पनि । ‘डर’ मृत्युको सबैलाई, तर मैले आफैँलाई मृत्यु दिँए । सबैले आत्महत्या गर्नेलाई काँतर भन्छन्, म उनीहरुलाई ‘साहसी’ भन्छु । एउटा कुरा ले म उनीहरुलाई आधार बनाएर आत्महत्या गर्दैछु र अर्कोकुरा, आत्महत्या चानचुन कुरा हुँदै होइन । आफ्नो जिवन… जुन जिवन विरलै पाइन्छ… अनि त्यो विरलै पाइने जिवनको अन्त्य आफैँले गर्नु कम्ति साहस को कुरा हो (?)

लाग्दैछ, छोरी भएर जन्मिनु ठूलो अभिशाप हो । जिवन जुन नारीबाट सुरु हुन्छ, त्यसैलाई, त्यही शरीर र आत्मालाई म, अभिशाप को संज्ञा दिइरहेकी छु ।

घरमा कुरा आयो, “उ इन्जिनियर रे, अमेरिकामा बस्छ रे, धनि, ह्‍यानसम, खान्दानी छ रे” । म २० भर्खर… दुई दशककी उमेर की… उसको उमेर थाहा भएन । भर्खर ब्याचलर पढ्दैछु, पढाइमा कहिले दोश्रो हुनु परेको छैन र ब्याइफ्रेन्ड नभएकी, हुन त प्रस्ताव नआएको होइन । सायद म कसैलाई प्रेम गर्छु कि जस्तो लाग्छ तर यो चाँहि पक्का थाहा छैन…Crush मात्र हुनसक्छ …

अब यति पढेको पनि कुनै अर्थ रहेन, किन भने विवाह मेरो लक्ष्य होइन । मेरो सपना हो धेरै पढ्ने र धेरै लेख्ने, केही गरेर देखाउने… तर विहे को कुरा ले सबैकुरा अस्तव्यस्त भयो । त्यसमा म त्यो केटा जसलाई म पलपल सराप्छु तर त्यसको केही दोष छैन । जिवन यति अस्तव्यस्त भयो कि मैले आफ्नो विकल्प को अगाडि मात्र एउटै बाटो देखेँ, त्यो हो ‘मृत्यु’ । मलाई के थाहा, ‘विजय मल्ल’ को “अनुराधा” को जस्तो परिस्थिति मेरो जिवन मा पनि आउँछ भनेर । फरक यति हो कि, “अनुराधा” ले अरुको हत्या गर्न अघि सरिन भने मैले आफ्नै स्वयम को !

पक्कै पनि छोरी हुनु अभिशाप बन्यो मलाई । छोरी भएकै कारण मलाई घरबाट पन्छाउन खोजिएको हो । मलाई पन्छाएपछि जिम्मेवारी पुरा हुने… म एउटा घाँडो, बर्डन मात्रै… कुनै अपरिचितलाई जिम्मा लगाएर उनीहरु मलाई पन्छाउन खोज्दैछन् । मलाई सँधै पाहुना को संज्ञा दिन्छन्, हो विवाह गर्नुपर्छ, बाँचेको भए गर्थेँ होला… तर आफैँ केही गर्न सक्षम भएपछि… कसैमाथि निर्भर भएर होइन, आफ्नै खुट्टा मा उभिनसक्ने भएर । तर यो २० वर्ष को उमेर मा हुनलागेको यो बिहे को म विरोध गर्छु । के मैले विरोध जनाइन होला त ? गरेँ नि, तर आखिर मेरो केही लागेन, म उनीहरुका अगाडि लाचार बनेँ । मलाई अहिले बिहे गर्ने इच्छा छैन, तर उनीहरुलाई जसरी भए पनि आफ्नो दायित्व पुरा गर्नु छ ।

मलाई लाग्छ, म मा मानविय संवेदना बाँकि छैन, त्यसैले मलाई आफू कुनै पालिएको जनावर जस्तो लाग्दैछ… भेडा बाख्रा जस्तो… बेला बेला मा चराउन लाने, घाँस हालेको खाने र ठूलो मोटो घाटो भएपछि बेचिने… र चुपचाप ‘कसाई’ सँग आफ्नो बलिदान को लागि जाने…

आफू त्यस्तै भएजस्तो लाग्छ । म न प्रतिकार गर्न सक्षम छु न त केही गर्न नै । विरोध गर्दा पनि नसुनिएको भएकोले, मेरो फेरी विरोध गर्ने क्षमता पनि भएन । तर पनि यत्ति चाँहि सोचेँ कि ‘कसाई’ को पछि लागेर जानुभन्दा, आफैँलाई मृत्यु दिने निर्णय गरेँ । अहिले नै विहे गर्नु,मेरा लागि मृत्यु समान हुनेछ र त्यो बाँचेर मर्नुभन्दा आत्महत्या धेरै सजिलो हुने हुँदा आत्महत्याको निर्णय लिएकी हुँ ।

लौ, जलाउने बेला भइसकेछ । सबैजना निकै रोइरहेकाछन् । यो नि एउटा नाटक नै रहेछ । बाँचुन्जेल केही कुरा नसुन्ने, केही परवाह नगर्ने… तर अहिले छाति पिटिपिटि रोइरहेकाछन् । लौ, जा मरिदिएँ म त… तर म हारिँन नि… मैले जिँते, मैले बिहे गरिन । आफ्नो मृत्यु को सन्तोष लिँदैछु । Old Man and Sea को कुरा याद आयो, ‘Man can die but can never be defeated’ । आज मैले मरेर पनि विजय प्राप्त गरेकी छु । भइन त म, विजयी ? म छोरी !!!
Read more...

साहित्य सिर्जनामा जीवन बित्यो

on Tuesday, October 18, 2011


एक अत्यन्तै स्वाभिमानी र स्वतन्त्र प्रेमी नारी हुन् साहित्यकार पारिजात . उनको वास्तविक नाम बिश्नुकिमारी वाईबा हो. अरूको निय्न्त्रन्म बस्न पटक्कै नरूचाउने यी साहित्यकारको जन्म वि .स १९९४ मा दर्जिलिन्को लिनिया चिया कमान भन्ने ठाउमा भएको थियो .उनका पिताको नाम के एन वईबा साथै माता अमृत वाईबा हुन् . साहित्यलाई जीवन समर्पित गर्ने यी साहित्यकारको बाल्यावस्था दर्जिलिन्को सुन्दर काखमा लडिबुडी खेल्दै आफ्नै किसिमबाट भएको थियो .फ्रक्भारी चापका कोपिला बटुलेर होस् या उनिउ घारीमा पल्टेर अथवा नाग्बेलिको माला लगाएर होस् उनले आफ्नो बाल्यावस्था हाँसेर बिताएकी थिइन् . ।

उनको जीवनलाई पहिलो पटक झक्झक्याइ दिने घटना आपुनै दाजु शिवको दर्दनाक मृत्यु थियो । पोखरीमा डुबेको मान्छेलाई बचाउन जाँदा २०१० सालमा उनको मृत्यु भएको थियो । यो घटनाले उनको संवेदनशील मनलाई मात्र हल्लाएन कि सम्पूर्ण परिवारलाई झक्झक्यायो ।२०११ सालमा पद्मकन्या विद्याश्रम डिल्लीबजारबाट उनले एस.एल.सी.परीक्षा उत्तीर्ण गरिन् । उनले पद्मकन्या क्याम्पसबाट २०१३ सालमा आई.ए र २०१५ सालमा बी.ए.उत्तीर्ण गरिन् । एम.ए.मा अङ्ग्रेजी विषय लिएर पढिन् । तर रोगका कारण जाँच दिन सकिनन् र पढाइको सिलसिला टुट्यो । विश्वविद्यालयबाट प्रमाणपत्र प्राप्त गर्ने अध्ययनको सिलसिला टुटे पनि उनको भावुक मनले नेपाली साहित्यको अध्ययनको सिलसिला जोडिसकेको थियो ।


नेपाली साहित्यको आकाशमा २०१३ सालदेखि कविताको माध्यमबाट आपुनो चिनारी सुरु गरेको भएतापनि गद्यलेखन प्रयासमा पनि निरन्तर लागिरहेको कुरा उहाँका चार वटा उपन्यास 'सङ्घर्ष', 'वर-पीपल', 'मानव', 'अन्तर्यामी' र 'शारदा' चित्त बुभुदो नभएको कारण जलाइदिएको कुराले स्पष्ट हुन्छ । यो लेखाइको समय थियो २०१८ देखि २०२१ सालसम्म । उहाँले यी सबै जलाएपछि अर्को पाँचौँ उपन्यासले तत्कालीन नेपाली साहित्यकाशमा ठूलो हलचल ल्याइदियो । 'शिरीषको फूल'ले २०२२ सालको मदन पुरस्कार प्राप्त गर्यो । लामाले राखिदिएको 'छेडुकोल्मा' र न्वारनमा राखिदिएको नाम 'पारिजात' सधैँ ओझेलमा परिदियो । नेपाली आकाशमा 'पारिजात' नाम चम्कन थाल्यो ।



स्वास्थ्या झन्झन् खराब हुँदै गयो । हाड-जोर्नीको रोग त छँदै थियो त्यसमाथि पनि क्षयरोग अल्सर दम पनि थपिएर बाँच्न मुस्किल पारिदिए ।तर पनि आफ्नी एकमात्र बहिनि सुकन्यको हेरचाहमा उनि अघि गईन . , .
यिनै संघर्सशील साहित्यकारले नेपाली साहित्यलाई दिएको अमुल्य धन या पुस्तक हरुका नाम निम्नानुसार छन् .
आकांक्षा
पारिजातका कविताहरु
बैशालु वर्तमान
मैले नजन्माएको छोरो
आदिम देश
सडक र प्रतिभा
साल्गिको बलात्कृत आशु
बधशाला जादा आउदा
शिरिषको फुल
महत्ताहीन
बैसको मान्छे
तोरीबारी
बाट र सपनाहरु
अन्तर्मुखी
उसले रोजेको बाटो
पर्खालभित्र र बाहिर
अनिदो पहाड संगै
परिभाषित आखाहरू
बोनी आदि ..........
यसरि जन्मथलो दार्जिलिं भए पनि कर्म थलो नेपाललाई नै बनाएकी कर्मठ पारिजात आजीवन अविवाहित नै रहेर प्रतिकुल परिस्थितिसंग जुद्दै निरन्तर साधनारत रहिन . रूग्ण शरीरलाई घिसार्दै साहित्य सिर्जनामा लागिपरेकी अथक साधकलाई नियतिल ठ्गेपानी लक्ष्मीले उपेक्षा गरेपनि सरस्वतीले भने सधै माया गरिरहिन .
Read more...